नियम ५
वैवाहिक सम्बन्धको आधारले अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कायकार्यविधिः
(१) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा देहायका कागजात संलग्न गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ
(क) नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस,
(ख) निजले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।